पाल्पाबाट बुटबल जाँदै गरेको बस पहिरो पुरिएको छ। ५७७१ नम्बरको बस पहिरोमा पुरिँदा दर्जनौ यात्रु हताहत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबामा पहिरोले बस पुरिएको हो। अहिलेसम्म २ जनाको शव निकालेको प्रहरीले जनाएको छ। अरूको उद्धार भइहरेको छ।  बसमा कम्तिमा ३० यात्रु रहेको अनुमान गरिएको छ।