एजेन्सी : आतंकवादी संगठन इस्लामिक स्टेट (आर्इएस) ले इराकको मोसुलमा १९ जना महिलाको हत्या गरेका छन् ।

टर्कीका सुरक्षा अधिकारीले ती महिलाको हत्या भएको पुष्टि गरेका छन् । समाचार अनुसार आर्इएसका लडाकूसँग यौन सम्बन्ध राख्न इन्कार गरेपछि ती महिलाको हत्या भएको हो ।

एक र दुर्इ अगष्टमा भएको सो घटनामा ती सबै महिलालार्इ पटक पटक गरेर हत्या गरिएको हो ।

टर्किस डेमोक्र्याटिक पार्टीका प्रवक्ता मिमोसिनीले बताए अनुसार संगठनभित्र र्‍याङ्किङका आधारमा कम उमेरका महिला र युवतीको खरिद हुने गरेको छ ।

उनले एक इराकी समाचार एजेन्सीलार्इ बताए अनुसार पछिल्लो दुर्इ दिनमा १९ महिलाको आर्इएसले हत्या गरिसकेका छन् । यी सबै महिलालार्इ लडाकूको यौनतिर्खा मेटाउन इन्कार गरेको भन्दै हत्या गरिएको हो ।

समाचार अनुसार कुर्दिस डेमोक्रेटिक पार्टीले दाबी गरेको दुर्इ दिन अघिमात्रै राष्ट्र संघले आर्इएसद्वारा यौनकार्यमा लगाउने महिला र युवतीहरुको मूल्य सूची सार्वजनिक गरेको थियो ।

राष्ट्र संघकाको ‘सेक्रेट्री-जनरल फर सेक्सुअल भ्वाइलेन्स’ का स्पेशल रिप्रेजेन्टेटिभ ज्यानब बांगुराका अनुसार, इराक र सिरियाका युद्धग्रस्त इलाकामा युवती दैनिक उपभोग्य बस्तुसरह किनबेच भइरहेका छन् ।

कयौं पटक आतंकवादीले युवतीलार्इ यसकारण खरिद गर्छन्, जसले उनीहरुका परिवारसँग लाखौं रुपैयाँ फिरौती लिन सकियोस ।