काठमाडौं¸साउन १९ । नयाँदिल्ली  हुँदै  विभिन्न  तेस्रो मुलुक लैजान लागिएका २७ जना महिलालाई मङ्गलवार फर्काइएको छ । उनीहरूलाई कुर्दिस्तान, केन्या, तान्जिनिया भन्दै संयुक्त अरब इमिरेट्सलगायत देशमा कामका लागि लैजान भारत लगेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी आज नेपाल पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्यटक र कलाकारको भिसा मिलाई तेस्रो मुलुक पु¥याउन लागिएको अवस्थामा आज काठमाडौँ ल्याइएका ती महिलाको अवस्थाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको छ ।