काठमाडौं। ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गत विश्व ११ सँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पारस खड्काको कप्तानीमा विश्व ११ सँग खेल्ने १३ सदस्यीय क्यान ११ नामको नेपाली टोली घोषणा गरेको हो । खेल आगामी आइतबार  मलेसियाको किनरारा ओभल मैदानमा हुँदैछ । विश्व ११ को कप्तानी श्रीलंकाका क्रिकेटर लेजेन्ड सनथ जयसूर्याले गर्दैछन् ।

क्यानले घोषणा गरेको नेपाली टोलीमा यू–१९ का कप्तान राजु रिजाल छनोट भएका छन् । त्यस्तै, भुवन कार्की र मेहबुब आलमले पुनरागमन गरेका छन् । टी–२० विश्वकप छनोटमा जर्सीविरुद्धको खेलमा उत्कृष्ठ डेब्यू गरेका सिद्धान्त लोहनी पनि छानिएका छन् ।

यस्तै, नेपाली टिममा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सरद भेष्वाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन र करन केसी छन् ।