एजेन्सी । भारतको सरकारले करिब ८ सय ५७ वटा पोर्नसाइट बन्द गरेपछि अहिले यस बिषयमा विभिन्न खालका चर्चा र परिचर्चा चलेको छ । विभिन्न क्षेत्रका मानिसहरुले यो बिषयमा समर्थन र विरोधका स्वरहरु अगाडि ल्याएका छन् । बलिउडका चर्चित अनुहारले पनि सरकारको यो कदमको समर्थन र विरोध गरेका छन् ।

sonam-status

चर्चित पुस्तक तथा चलचित्र लेखक चेतन भगतले पनि सरकारको यो कदमको विरोध गरेका छन् । निर्देशक रामगोपाल बर्माले पनि पोर्न साइट बन्द गर्ने निर्णयको चर्को विरोध गरेका छन् । उनले दुर्घटना हुन्छ भनेर गाडी चलाउन नै नदिने भन्ने आशयको भनाई राखेका छन् ।  कलाकार उदय चोपडाले पनि सरकारको यो निर्णयको विरोध गर्दै अब फेरि भारतमा के ब्याण्ड हुन्छ भनेर सोधेका छन् ।