१८ श्रावण काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाएर एक हजार चार सय ३५ मा झारेको छ । ग्यासको मुल्य पहिलोपटक घटाइएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, ग्यास, हवाई इन्धन सबैको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेल तीनवटैमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा घटाएको छ। घटाएपछि पेट्रोलको नयाँं मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँं ५० पैसा कायम भएको छ। साथै डिजेल र मटितेलको नयाँ मूल्य प्रतिलिटर ८४ रुपैयाँ कायम भएको छ ।