आरपी ग्रुपअन्तर्गतको जय अम्बे साडी शोरुमले मैतीदेवी चोकमा रहेको अर्याल कम्प्लेक्समा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । ग्रुपले कुलेश्वरमा रहेको होलसेल बिक्री केन्द्रमार्फत भारतका चर्चित ब्रान्ड बिबा, डीएस क्रिएसनका लेडिज आइटम, सूर्य सारीलगायत अन्तर्राष्ट्रिय ब्रान्डेड लेडिज आइटम नेपालमा बिक्री वितरण गर्दै आएको छ । न्युरोड, शुक्रपथमा रहेको अम्बे साडी शोरुमलाई उपत्यकाका विभिन्न स्थानमा विस्तार गर्ने क्रममा मैतीदेवीमा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको आरपीका बजार प्रबन्धक रोशन भण्डारीले बताए ।
नयाँ आउटलेट सञ्चालनको अवसर पारेर ग्रुपले भारत जयपुरमा तयार पारिएका ब्राइडल लेहंगा, अनारकली कुर्तासुरुवाल र ल्यकमी सिल्क सारी नेपाली बजारमा ल्याएको जानकारी बजार प्रबन्धक भण्डारीले दिए । इम्ब्रोइडरी ह्यान्डवर्क गरिएका यी आइटम गुणस्तरीय रहेको दाबी कम्पनीको छ । विभिन्न साइज र रङमा उपलब्ध लेहंगा र कुर्तासुरुवाल नेपाली उपभोक्ताले रुचाउने विश्वास कम्पनीको छ । साडीप्रेमी महिलाका लागि ल्यकमी सिल्क सारी उपयुक्त विकल्प हुन सक्ने बजार प्रबन्धक भण्डारी बताउँछन् ।

jay ambe 2
आरपी ग्रुपले धरान, पोखरा, बनेपा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुरलगायत शहरमा पनि ब्रान्डेड लेडिज कपडाको बिक्री–वितरण गर्ने गर्छ । जय अम्बे साडी शोरुमले बनारसी सारी, सिफन, सिल्क सारी, रेडिमेड कुर्तासुरुवाल, लेहंगाचोली, लेगिङ्स, जर्मन नाइट सुटका साथै बच्चाका लेहंगा, कुर्तासुरुवाल थोक तथा खुद्रा मूल्यमा बिक्री–वितरण गर्छ । ग्रुपले वेबसाइटमार्फत पनि आफूले बिक्री–वितरण गर्ने आइटमको बारेमा जानकारी दिने गरेको छ । धधध।चउनचयगउ।अयm।लउ लग इन गरेर उपलब्ध आइटमबारे जानकारी लिन सकिन्छ ।