काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा हुने एसीसी यु-१९ प्रिमियर प्रतियोगिताका लागि खेलाडी छनौट गरेको छ। मलेसियामा आगामी भदौ ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि राजु रिजालको कप्तानीमा १८ जना खेलाडी छनौट गरेको क्यानले जनाएको छ।

आयोजक मलेसिया, अफगानिस्तान, कुबेत, साउदी अरेबिया, युएई र नेपाल सहभागी हुने प्रतियोगितामा पुरानै खेलाडीको बाहुल्यता रहेको छ। क्यानले प्रतियोगिताका लागि अन्तिम १४ जना र ४ जना वैकल्पिक खेलाडी सहित १८ जनाको टोलीको घोषणा गरेको हो।

यु-१९ टीममा उपकप्तान आरिफ शेख, दिपेन्द्र ऐेरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ, आशिष धामी रहेका छन्।

छनौट भएका अन्य खेलाडीमा राजवीर सिंह, ललितनारायण राजवंशी रहेका छन्। चार जना वैकल्पिक खेलाडीमा इर्साद अहमद, कुशल भुर्तेल, कमल ऐेरी र हिमांशु दत्त रहेका छन्।