काठमाडौं । कृषि प्रधान मुलुक भएपनि नेपाल चामलका लागि छिमेकी मुलुक भारतसँग परनिर्भर छ । भारतबाट अहिले दैनिक ४ करोड १६ करोड रुपैयाँ बराबरको चामल आउने गरेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले नेपालमा चामलको आयात हरेक वर्ष बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७१/०७२ को ११ महिनामा भारतबाट १३ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ बराबरको चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २४ प्रतिशतले बढी हो ।

आव २०७०/०७१ को ११ महिनामा ११ अर्ब ७ करोड ७१ लाख रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको थियो । त्यो बेला चामल २०६९/७० को तुलनामा ३९ प्रतिशतले बढेको थियो ।