कब्जियतको समस्या भएकाहरुकालागि अदुवा अचुक औषधि हो ।अदुवाको सानो सानो टुक्रामा नुन छर्केर खादा कब्जियत निको हुन्छ । विशेष गरेर खाना खाइसकेपछि अदुवा खानु राम्रो मानिन्छ । अदुवाले मानिसको पाचनशक्ति बढाउछ ।

अदुवामा खाना पचाउने तत्व हुन्छ । मानिसलाई लाग्ने रोगहरुमध्ये आधा जति रोगहरु पानीका कारणले हुन्छन खाना राम्ररी पचेन भने टाउँंको दुख्ने, खान मन नलाग्ने, दिसा सफा नहुने, काम गर्न मन नलाग्ने जस्ता रोगहरु देखिन्छन । यी रोगहरुको कारक तत्व पेटको कब्जियत हो । चिकित्सकहरुका अनुसार अदुवाको नियमित सेवनसँंगै पानी पनि प्रसस्त पिउनु पर्छ । एक व्यक्तिले दैनिक चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

पानी नपिउने मानिसमा कब्जियतको समस्या बढी देखिने गरेको छ । त्यसैले अदुवामात्र खाने तर पानी नपिउने हो अदुवाले मात्र कब्जियत हट्दैन । चियामा अदुवा हालेर खादा समेत यसले पेटको कब्जियत हटाउन सहयोग गर्छ । त्यसैले हरेक दिन चियामा होस वा खाना पनि अदुवा सेवन गरौ र पेटको कब्जियतबाट छुट्करा पाउ ।