काठमाडौं । १२ वैशाखमा विनाशकारी भूकम्प गएको आज तीन महिना पुगेको छ । त्यसपछि आजसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३६२ परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १२ वैशाखको गोरखा भूकम्प गएको तीन महिना पुग्दा पनि परकम्प जाने क्रम रोकिएको छैन ।

आज १२ साउन बिहान ९ बजेर २१ मिनेट जाँदा सिुन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ । पछिल्लो महिना परकम्प जाने क्रम केही कम भए पनि साउन महिनामा भने दैनिकजसो परकम्प गइरहेका छन् । १२ वैशाख र त्यसपछि २९ वैशाखमा आएको भूकम्पका कारण ८ हजार ७१२ जनाको ज्यान गएको थियो भने २२ हजार ८२० जना घाइते भएका थिए ।