१२ साउन, काठमाडौं । विमानस्थलको रन वे मर्मतका लागि एक घन्टा जति विमानस्थल बन्द गरिएको छ।
रन वेको कालोपत्रे भत्किएपछि अचानक मर्मत गर्नुपरेको विमानस्थल अधिकारीले बताएका छन्। दुई बजेदेखि सबा तीन बजेसम्म उडान तथा अवतरण रोकेर मर्मत कार्य गरिएको थियो ।
मर्मतको काम सकिएपछि सबा तीन बजेदेखि विमानस्थल सुचारु भएको छ। अवतरणको क्रममा रहेका अन्तराष्ट्रिय उडानका जहाजलाई एक घन्टासम्म आकाशमै होल्ड गरिएको थियो। जेट एयरलाइन्स, एयर अरबिया, कतार एयर, एयर इन्डिया र चाइना इस्टर्नलगायतका जहाजहरु दुई बजेदेखि आकाशमै घुमिरहेका थिए।
उडानका लागि १२ बजे नै चेकअप सकेर बसेका यात्रुहरु पनि तीन बजेसम्म उड्न पाएका थिएनन्। पूर्व जानकारी नदिएको भनदै यात्रुहरुले विमानस्थलमै आक्रोश पोखेका थिए।