मुम्बई । पटक पटक चर्चा र विवादमा आइरहने अभिनेता सलमान खानमाथि फेरि अर्को मुद्दा लागेको छ ।

उनको फिल्म ‘बजरंगी भाइजान’ ले राम्रो कमाई गरिरहँदा सलमान विरुद्ध देशद्रोहको मुद्दा लागेको हो । मुम्बई हमलामा दोषी पाइएका याकुब मेमनको समर्थनमा अभिव्यक्ति दिएको भन्दै उनीमाथि देशद्रोही र मानहानीको मुद्दा दर्ता भएको हो ।

इलाहावादको जिल्ला अदालतमा आइपिसीको धारा १२४ ए, १५३ देशद्रोह तथा मानहानीको धारा ५०० अनुसार मुद्दा दर्ता भएको हो ।
सलमानसँगै एमआइएम सांसद असदउद्दिन ओवैसीबिरुद्ध पनि मुद्धा दायर भएको छ ।

सलमानले केहि दिनअघि याकुब मेमन निर्दोष रहेको भन्दै लागातर ट्विट गरेका थिए । उनको ट्विटको विरोध भएपछि पछि उनले हटाएका थिए ।