११ साउन काठमाडौं।  बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौडा उपमहानगरपालिका–२३ बस्ने ५० बर्षीय बिजयकुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ । पटेलले आइतबार आफू काम गर्न बसेको घरको ५ वर्षीया बालिकालाई कोठामा टिभी हेर्न बोलाई जवरजस्ती करणी गरेको बताइएको छ।
प्रहरीले पीडित बालिकाको स्वास्थ्य परिक्षण गराई बालिकालाई आफन्तको जिम्मा लगाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।