११ साउन काठमाडौं।  श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरियाबीच कोरियाबाट काम गरी फर्केका कामदारलाई फेरि कोरिया लैजाने सहमति भएको छ।
समझदारी पत्र एमओयूमा कोरियाबाट फर्केका कामदारका लागि फेरि लैजाने सहमति भएको हो। यस निर्णयसँगै कोरियाबाट फर्केका अधिकांश कामदार खुसी भएका छन् । त्यसका लागि कम्प्युटरमा आधारित दशौं कोरियन भाषा परीक्षाको लागि आवेदन  इपीएस कोरिया शाखाले आवेदन फारम र परिक्षा समय सार्वजनिक गरेको छ।
परिक्षा आवेदन फारम इपीएस कोरिया शाखा ग्वार्को, ललितपुरमा यही साउन २० गते देखि २२ गते हुने बताइएको छ।  परिक्षा तालिका घोषणा साउन ३२ गते सार्वजनिक गर्ने र परिक्षा भने भाद्र ५ गते हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ ।
परिक्षाको नतिजा भने असोज ८ गते हुने छ । १८ वर्ष उमेर पुरा भई ३९ वर्ष ननाघेको नेपालबाट अन्य मुलुक जान रोक नलगाइएका, गणतन्त्र कोरियामा गई गैर कानुनी रुपमा बसोबास नगरेकाहरुदे आवेदन दिन सक्नेछन् । आवेदकले परीक्षा शुल्क २४ अमेरिकी डलरको साथमा ६ महिना यता खिचेको रंगीन २ प्रति फोटो फारममा टाँस्नुपर्ने कार्यलयले जानकारी गराएको छ।