११ साउन,ललितपुर। ललितपुरको ग्वार्कोबाट प्रयागपोखरी हुँदै कुमारीपाटी निस्कने सडकमा अब एकतर्फी मात्र गाडी चलाउन पाइने भएको छ । साँघुरोे सडकमा गाडीको चाप बढ्न थालेपछि यातायात आवागमन सहज बनाउन सोमबारदेखि यो सडकखण्ड एकतर्फी बनाइएको हो ।

‘कार्यालय समय र स्कुल छुट्टि हुने बेला धेरै सवारी जाम भएपछि स्थानीयबासिन्दाको आग्रह अनुसार यो सडकखण्ड एकतर्फी बनाइएको हो’ ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले भन्नुभयो । उहाँका अनुसार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म यो सडकखण्डबाट टेम्पो र मोटरसाइकल बाहेक अरु गाडी दुईतर्फी गाडी चल्न पाउँदैनन् । कुमारीपाटीबाट प्रयागपोखरी हुँदै ग्वार्को एकतर्फी मात्र गुड्न पाउँछन् ।

यसअघि माघको अन्तिम हप्तादेखि मंगलबजार सडकखण्ड एकतर्फी बनाईएको थियो । ट्यागलबाट मंगलबजार जाने एक किलोमिटर सडकखण्डलाई एकतर्र्फी बनाईएको हो । साँघुरो बाटोका कारण दुर्घटना बढेको गुनासो बढेपछि स्थानियबासिको अनुरोधमा त्यस सडकखण्डलाई एकतर्फी बनाईएको थियो ।