११ साउन, काठमाडौं । सोमवार प्रतितोला ४८ हजार रुपैयाँमा सुनको कारोवार भइरहेको छ।
अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको भाउ सोमवार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि सोमवार स्थिर रहेको छ। प्रतितोला ६ सय ६५ रुपैयाँमा चाँदीको कारोवार भइरहेको महासंघले जनाएको छ।