विश्वमा सर्वत्र खुर्सानीको खेती हुने गर्छ । मुख्यगरी खानका लागि खुर्सानीको खेती गरिने भए पनि यसको औषधीय महत्त्व पनि छ । हजारौँ वर्षदेखि खुर्सानीलाई औषधीको रूपमा उपयोग गरिँदै आएको छ । आधुनिक चिकित्सा विज्ञानले पनि खुर्सानीको महìव स्वीकारेको छ । अनुसन्धानबाट खुुुलाइएअनुसार दुई चम्चा खुर्सानीको धूलोमा पर्याप्त मात्रामा भिटामिन बी कम्प्लेक्स हुनुका साथै भिटामिन ए, सी, ई र के पनि पाइन्छ । खुर्सानीको यतिकै मात्राबाट क्याल्सियम, फलाम र म्यागनिज तत्वसमेत हामीलाई प्राप्त हुन्छ । केही मात्रामा फाइबर र ओमागा–३ फ्याटी एसिडको स्रोत पनि हो खुर्सानी ।

हामीलाई दैनिक चाहिने भिटामिन सीको १०८ प्रतिशत मात्रा एक चम्चा खुर्सानीले पूर्ति गर्छ । भिटामिन सी एक शक्तिशाली एन्टिअक्सिडेन्ट भएकाले यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । क्यान्सरको जोखिम समेत स्वतः कम हुन्छ । आँखाको स्वास्थ्यका लागि पनि खुर्सानी महìवपूर्ण छ । एक चम्चा खुर्सानीले हामीलाई आवश्यक पर्ने भिटामिन ए को नौ प्रतिशत मात्रा पूर्ति गर्दछ । उसो त पाचन प्रणालीलाई खुर्सनी राम्रो नहुने व्यावहारिक कुरा सुनिन्छ । अनुसन्धानहरूबाट थाहा भएअनुसार खाएका वस्तु पचाउन खुर्सनीले पाचन प्रणालीलाई सघाउँछ । खुर्सानीले अमाश्यमा पाचक रस र अम्लको उत्पादन बढाउने भएकाले खाएका वस्तु चाँडै पच्न मद्दत पुग्छ ।
खुर्सानीमा रक्तस्राव रोक्ने गुण पनि हुन्छ । खुर्सनीको धूलो खाएमा चाँडै रक्तस्राव रोकिने भनाइ छ । विश्वका केही क्षेत्रमा यसलाई आपतकालीन अवस्थामा प्रयोग गरिँदै आएको छ । खुर्सानीले रक्तसञ्चार सुधार्ने काम गरी मुटुलाई सहयोग गर्दछ । खुर्सानीले रक्तथेक्ला बन्न दिँदैन । खुर्सानीको क्यापसाइसिन र डिहाइड्रोक्यापसाइसिनले प्लेटलेट्स र रक्तथेक्ला बनाउने प्रोटिनको क्रियाशीलता घटाउने भएकाले रक्तसञ्चार सुदृढ रहन्छ । पीरो खुर्सानी नियमित रूपमा खाने गरेमा रक्तथेक्ला नबन्ने र मस्तिष्कघातको जोखिम पनि कम हुने अनुसन्धानबाट स्पष्ट पारिएको छ । यति मात्र होइन बढी खुर्सानी खाने मानिसको तौल पनि कम हुन्छ । एजेन्सी