११ साउन, काठमाडौं । विदेशमा स्थायी बसोबास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार र उनीहरुको सूची संकलनमा लागेको छ । सरकारले संसदको राज्य व्यवस्था समितिमा बुझाएको र हालसम्म गोप्त राखिएको विवारणमा केही महिनाअघिमात्र नियुक्त भएका संवैधानिक अंगका आयुक्तसहित उच्च पदस्थ कर्मचारी छन् । ग्रिनकार्ड लिएको सरकारी सूचीमा रहेका व्यक्तिमध्ये उच्च पदमा रहेनमा मन्त्रालयका बहावाला र सेवानिवृत्त सचिव पनि छन् । सबैभन्दा बढी चाहिँ अमेरिकाको ग्रिनकार्ड लिने छन् । यसबाहेक अस्ट्रेलिया, न्युजिल्याण्ड र जर्मनीको स्थायी आवास अनुमति पत्र लिनेहरु सूचीमा समेटिएका छन् । प्राप्त विवरण अनुसार दुर्गाप्रसाद पन्थी, सहसचिव किरण शर्माले आफूले लिएको पिआर ग्रिनकार्ड स्वयंघोषणा गरेका छन् । ग्रिनकार्ड पिआर लिने अन्यमा अख्तियारका आयुक्त गणेशराज जोशी, अर्थका राजस्व सचिव नवराज भण्डारी, न्यायका ससहसचवि धनराज ज्ञवाली, उपसचिव बलदेव जोशी, उपसचिव खेमराज निरौला, कानुनका अधिकत कृष्ण ज्ञवाली लगायतसँग डिभी पिआर रहेको छ । – अन्नपूर्ण पोस्टबाट