११ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन क्लव सरस्वती क्लब र मच्छिन्द्र क्लबमाथि लगाएको प्रतिबन्ध हटेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार बसेको कार्य समितिको बैठकले सरस्वती र मच्छिन्द्र क्लबमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

फुटबल गतिविधिबाट चार महिना निलम्बनमा बसेका एन्फाका अध्यक्ष तथा सभासद गणेश थापाको अध्यक्षतामा बसेको बैठकमा सरस्वती र मच्छिन्द्र क्लवका प्रतिनिधि पनि सहभागी थिए ।

फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबमाथिको प्रतिबन्ध भने यथावत छ । फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबले स्पष्टिकरण नदिएकाले प्रतिबन्ध यथावत राखेको एन्फाले जनाएको छ ।