११ साउन, काठमाडौं ।  विदेशमा स्थायी बसोबास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार उनीहरुको सूची संकलनमा लागेको छ । सरकारले संसद्को राज्यव्यवस्था समितिमा बुझाएको र हालसम्म गोप्य राखिएको विवरणमा केही महिनाअघि मात्र नियुक्त भएका संवैधानिक अंगका आयुक्तसहित उच्च पदस्थ कर्मचारी छन् ।

ग्रिनकार्ड लिएको सरकारी सूचीमा रहेको व्यक्तिमध्ये उच्च पदमा रहनेमा मन्त्रालयका बहालवाला र सेवा निवृत्त सचिव पनि छन् । सरकारले तय गरेको विवरणमा डीभी पाएर वा अन्य कुनै कारणले अमेरिकाको ग्रिनकार्ड लिनेको संख्या धेरै छ । यसबाहेक अस्टे«लिया,न्युजिल्यान्ड र जर्मनीको स्थायी आवास अनुमति लिनेहरु सूचीमा समेटिएका छन् । संसद्का विशिष्ट व्यक्ति पनि रहेकाले प्रतिवेदनलाई राज्य व्यवस्था समितिले अत्यन्त गोप्य राखेको स्रोतले दाबी गर्यो । समितिका सभापति दिलबहादुर घर्तीले सरकारले दिएको प्रतिवेदन आफूसँग भएको बताए । उनले नियमावली बन्ने क्रममा रहेकाले बनेपछि यसबारेका विवरण थप सार्वजनिक हुँदै जाने बताए छ ।