काठमाडौँ ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलाडीको नयाँ वरीयतामा नेपालका ५ बलर र २ ब्याट्सम्यान उत्कृष्ट सयमा परेका छन् ।

आइसीसीले जारी गरेको उत्कृष्ट सय खेलाडीमा नेपालका कप्तान पारस खड्का भने बलर र ब्याट्सम्यान दुवैतर्फ उत्कृष्ट सयमा परेका छन् । उनी बलरमा ९१ औं र ब्याट्सम्यानमा ७२ औं स्थानमा छन् । खड्काले अलराउण्डरका रुपमा बलिङ र व्याटिङ गर्ने गरेका छन् ।

वरीयतामा बसन्त रेग्मी सबभन्दा अगाडि ६३ औं स्थानमा छन् । रेग्मीपछि शक्ति गौचन ७४, सोमपाल कामी ७९, सागर पुन र पारस खड्का ९१ औं स्थानमा छन् ।

ब्याट्सम्यानतर्फ भने पारस खड्का ७२ र शरद भेषावकर ७७ औं स्थानमा छन् । पारस यसअघिको वरीयतामा ६४ औं स्थानमा थिए । विश्वकप छनौटमा खराव पर्दशनबाट गुज्रीएका उनको बरियता घटेको हो ।