९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भावना घिमिरेलाई निरन्तरता दिने तयारि गरेको छ।
 क्यानको शुक्रबार बसेको कार्यसम्पादन बैठकमा घिमिरेलाई निरन्तरता दिइने विषयमा एक मत भएपनि ६ महिना थप्ने की एक वर्ष थप्ने भन्ने विषयमा अन्यौलता रहेको स्रोतले जानकारी दियो।
 शनिबार पुन बस्ने कार्य सम्पादनको बैठकले यस विषयमा निर्णय गर्न सक्ने जनाइएको छ। ६ महिने परिक्षणकालपछि थपिएको घिमिरेको तीन महिने पदावधी केही दिनमै सकिदै छ।