मुम्बई:‘वन्स अपन अ टाइम इन मुम्बई’ पछि मिलन लुथरियाले अजय देवगनलाई लिएर बनाउन लागेको फिल्म ‘बादसाओ’मा श्रुति हसन र लिजा हेडन हिरोइनका रुपमा देखिने भएका छन् ।

फिल्ममा श्रुति अजयको जोडीका रुपमा हुनेछिन् भने लिजा पनि मूख्य भूमिकामा हुनेछिन् । कलम हासनकी छोरी श्रुतिसँग अजयको यो पहिलो फिल्म हो । लिजा भने उनीसँग डेविड धवनको फ्ल्प फिल्म ‘रास्कल्स’मा देखिएकी थिइन् । तर, ‘क्विन’ लगायतका फिल्म हिट भएपछि लिजाको माग अहिले बलिउडमा बढेको छ । अजय र तब्बुको मुख्य भूमिका रहेको ‘दृश्यम’ प्रदर्शनको तयारीमा छ ।