९ साउन, काठमाडौं । नेपालमा बिभिन्न समूह तथा सस्थाहरुले गर्ने बन्द सुन्दा सामान्य लाग्ने गर्छ तर एक दिनको बन्दले नेपालको अर्थतन्त्रमा दुई अर्व भन्दा बढीको नोक्सानी हुने गरेको छ । उद्योग ब्यापार सेवा क्षेत्रमा बन्दको प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने गरेको अर्थबिद तथा ब्यबसायीहरु बताउछन ।
नेपाली समाजमा बिभिन्न समयमा हुने गरेको बन्द अव सामान्य जस्तै भइसकेको छ तर यस्ता खालको बन्दबाट उद्योग ब्यापार तथा अर्थतन्त्रमा एक दिनको बन्दबाट दुईअर्वभन्दा बढीको नोक्सानी हुने गरेको छ । नेपालको कुल अर्थतन्त्रमा एक दिनमा देश भरको उद्योग ब्यापार,कृषि,सेवा क्षेत्र, यातायात लगायत क्षेत्रको कुल उत्पादन कुल र्गाहस्थ उत्पादन –जिडीपी) करीव ७ अर्व रुपैया बराबरको हुने गरेको छ । अर्थशास्त्री तथा अर्थबिदको अध्ययन अनुसार एक दिनको बन्दबाट देशको कुल उत्पादनको ३० प्रतिशत नोक्सानी हुने गरेको छ । नेपालको अर्थतन्त्रमा बार्षिक २१ सय अर्व बराबरको आम्दानी जिडीपी हुने गरेको अनुमान छ । यो आंकडालाई आधार मान्ने हो भने पनि प्रत्येक दिनको बन्दबाट नेपाली अर्थतन्त्र खक्रो बन्दै गएको छ । बर्षदिनभरमा ३ सय दिनलाई काम गर्ने दिनलाइै आधार मान्ने हो भने पनि बन्दले नेपालको अर्थतन्त्रमा २ अर्व भन्दा बढीको नोक्सानी हुने गरेको हो । तर बन्दको दिनलाई उत्सव र रमाइलो गरी बिताउने नेपाली समाज बन्द संस्कारमा थाहा नपाइकन रमाइरहेको छ ।
नेपाल चेम्वर अफ कर्मसका महासचिव कमलेश कुमार अग्रवालले पटक पटक हुने बन्दले नेपालको अर्थतन्त्रमा दुरगामी असर पर्ने गरेको बताउछन ।
बन्दकर्ताहरुले पनि आफनो माग पुरा गर्न र बिरोध जनाउन बिभिन्न निहुँमा गर्ने गरेको बन्दले नेपाली अर्थतन्त्रलाई दिर्धकालीन रुपमा असर पारेको छ । बिभिन्न बाहनामा हुने नेपाल बन्द, उपत्यका बन्द, तराई बन्द, बिभिन्न जिल्ला तथा राजमार्गहरुमा हुने गरेको बन्दलाई जोड्ने हो भने बिगतका बर्षमा एक बर्षमा तीन सय दिन सम्म पनि बन्द भएको उदाहरणहरु छन । बन्दले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको बिषयमा राजनीतिक तह इमान्दार र गम्भीर भएको देखिदैन । चेम्वरका महासचिव अग्रवालले बन्दबाट भइरहेको नोक्सानी प्रति सरोकारवाला निकाय र सरकारले वेलैमा सोच्नुृ पर्ने बताउछन ।
बिभिन्न बाहना र निहुँमा हुने गरेका नेपाल बन्दहरुले परिवर्तन त गरे होलान तर परिवर्तन र बिरोधको लागि बन्द गर्ने सस्कारले नेपालको अर्थतन्त्रमा परेको अर्वो नोक्सानी र बिहान बेलुका टाक टार्नु पर्ने बर्गलाई परेको प्रभाव प्रति अव सोच्नु पर्ने बेला भएको छ ।