८ साउन, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको नेपाल बन्दले राजधानीको जनजीवन बिहानैबाट प्रभावित भएको छ।

बन्दका कारण उपत्यकामा सवारी साधन पातलो मात्रामा चलिरहेका छन्। यसबैबीच प्रहरीले काठमाडौ उपत्यकामा सुरक्षा ब्यवस्था कडा पारेको छ। बिहानैदेखि जर्बजस्ती बन्द गराउँदै हिड्ने नेता कार्यकर्ताहरुलाई  प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

 

Nepal-Banda

बन्द गराउँदै हिड्ने क्रममा माओवादी पोलिटब्युरो सदस्य तिलक परियार, केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले बानेश्वर, कोटेश्वर चावहिल क्षेत्रबाट पक्राउ गरिसकेको छ।

यसैबीच बन्दकर्ताहरुले बिहान महाराजगञ्ज चोकमा डिलक्स बस तोडफोड गरेका छन्। अहिले चोकचोकमा भेला भएर बन्दकर्ताहरु प्रदर्शन गरिरहेका छन्।

दलहरु बीच भएको १६ बुद्वे सम्झौता, संविधान मस्यौदा, भारत र चीन बीच भएको लिपुलेक सम्झौताको बिरोधमा नेपाल बन्दको आव्हान गरेको नेकपा माओबादी जनाएको छ।