६ साउन, काठमाडौं । नेपाली सेनाले देशमै विस्फोटक पदार्थको उत्पादन थालेको छ ।
सेनाले सुनाचुरी इमल्सन प्लान्ट स्थापना गरी विस्फोटक पदार्थ उत्पादन थालेको हो । प्रधानसेनापति गौरवशम्शेर राणाले मंगलबार उक्त प्लान्टको उद्घाट्न गरेका हुन् ।
यस प्लान्टले देशको आवश्यकताअनुसारको विस्फोटक पदार्थ उत्पादन गर्ने र सेनाको क्षमता अभिबृद्धि गर्ने विश्वास प्रधानसेनापति राणालेव्यक्त गरे ।यस प्लान्टको वार्षिक उत्पादन क्षमता १२ सय मेट्रिक टन रहेको सेनाले जनाएको छ ।