६ साउन,मकवानपुर ।राप्रपा नेपालको आह्वानमा हेटौडा बजार बन्द गरिएको छ । बन्दका कारण बजार नखुलेपनि गाडी भने चलेका छन् ।

संविधानको मस्यौदामा सुझाव संकलनमा बेला हिजो झडप हुँदा अध्यक्ष कमल थापा, सभासद गणेश थापा लगायतका नेता, कार्यकर्ता घाइते भएको विरोधमा आज बन्द आह्वान गरिएको राप्रपा नेपालले जनाएको छ ।