६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित यातायात सुधार्न महानगरपालिकाले साझा यातायातसँग सहकार्य गर्ने भएको छ ।
महानगर र साझाले संयुक्त रुपमा सिटी बस सञ्चालन गर्ने भएका छन् । यसबारे दुवै पक्षबीच केही दिनभित्रै सम्झौतामा हस्ताक्षर हुने छ । महानगरले यसैका लागि चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेटसमेत छुट्याइएको छ ।

उपत्यकामा सहरी बस सञ्चालन हुन नसकेकाले प्रयास थालिएको महानगरका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । उनका अनुसार साझासँग सम्झौता हुने अन्तिम तयारी भइरहेको छ ।

उक्त समझदारीमा रात्रि बस सञ्चालनमा ल्याउने र महानगर अब साझाको पनि हिस्सेदार बन्ने लगायतका सहमति बनेका छन् ।