मुम्बई । बाथरुमा नुहाउँदै गरेको सेल्फी खिचेर चर्चामा आएकी बलिउड हट नायिका राधिका अप्टेले कलाकार नवाजुद्दिनसँग अभिनय गर्न गार्‍हो हुने बताएकी छिन् । उनको भनाई अनुसार नवाजुद्दिनसँग रोमान्टिक दृश्य गर्न निकै गार्‍हो हुन्छ । रोमान्टिक दृश्यमा अभिनय गर्दा पनि नवाजुद्दिन शान्त भएर बसिदिने गरेको राधिकाको भनाई छ ।

पछिल्लो समय राधिका र नवाजुद्दिनले केतन मेहताको चलचित्र ‘द माउन्टेन म्यान’ मा अभिनय गरेका छन् । उक्त चलचित्रको केही रोमान्टिक दृश्यमा अभिनय गर्ने क्रममा नवाजुद्दिनले सास्ती दिएको राधिकाको भनाई छ ।

नवाजुद्दिनले चाहने हो भने राधिका उनलाई प्रेम गर्ने तरिका पनि सिकाउन चाहन्छिन् । तर, राधिकाले नवाजुद्दिनले आफुलाई मन नपराएको हो कि भन्ने अनुमान गरेकी छिन् ।एजेन्सी