एजेन्सी । हाल रिलिज भइरहेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ले सफलताको खुड्किलो चढ्दैछ । यो फिल्मलाई दर्शकले मन पराउँनुमा सलमान खानको जति हात छ,त्यो भन्दा अझ बढी हात यसकी बाल कलाकार मुन्नीको रहेको छ । सलमानसँग अभिनय गर्न पाउने ती भाग्यशाली बालकलाकार हुन्, हर्षाली मल्होत्रा । हर्षालीले अहिले सर्वत्र वाहवाहीसँगै चर्चा–परिचर्चा पाइरहेकी छन् । हुन त हर्षालीले सलमानसँग फिल्म खेल्न त्यतिकै अवसर पाएकी होइनन् । उनले आफूजस्तै करिब एक हजार जना बालिकालाई उछिनेर आएकी हुन् ।

फिल्ममा मुन्नीका भूमिकाका लागि सलमानले हजारभन्दा बढी बालिका हेरेका थिए, जसमा हर्षाली भाग्यमानी भएकी हुन् । फिल्ममा हर्षालीको आफ्नै आवाज दिएकी छन् । ७ वर्षीया अवोध हर्षाली दिल्लीकी हुन् । उनी भारतीय फिल्म र टीवी इन्डस्ट्रीमा नयाँ कलाकार हुन् । तर, उनले यसअघि पिअरस र फेयर एन्ड लभलीजस्ता केही ठूला प्रोडक्टसको एडमा काम गरिसकेकी छन् ।