एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा गिरावट आएपछि पाँच बर्ष यताकै सबै भन्दा न्युनतम बिन्दुमा खरिदबिक्र भैरहेको छ । सोमबारको प्रारम्भीक खरिदबिक्रीको क्रममा सुनको खरिदविक्रीमा ४ प्रतिशतसम्मको गिरावट आयो । एशियाई बजारमा स्पट गोल्डको मुल्य प्रति आउन्स एक हजार ८८ डलरसम्मको गिरावट आएको छ जुन २६ मार्च २०१० सम्म प्रति आउन्स ११ सय डलरभन्दा कम थियो । आम रुपमा निवेशकहरु अनिश्चितताको समयमा सुन किन्नेमा विश्वास गर्छन तर अहिले उनीहरुले अमेरिकी डलरको तर्फ मन बनाएका छन् । अमेरिकामा फेडरल रिजर्वले यसै बर्षबाट ब्याज दर बढाउने आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मुल्यमा बढोत्तरी र सुनको मुल्यमा गिरावट देखा परेको छ । भारतमा २५ हजार घट्यो सोमबार बिहान चीनको साङघाई गोल्ड एक्सचेन्चमा सुनको  खरिदविक्री भएको केही मिनटमै सुनमा भारी गिरावट देखियो। विश्वमा चीन सुनको सबै भन्दा ठुलो खरिददार हो । भारतीय बजारमा सुनको मुल्यमा २ दशमलब ५ प्रतिशतले गिरावट आएको छ । प्रति १० ग्राम सुनमा २५ हजार भारुले गिरावट आएको छ । समाचार ऐजेन्सी रोयटर्सका अनुसार सन् २००९ पछि प्लेटिनमको मुल्यमा पनि अहिले सबैभन्दा धेरै गिरावट आएको छ । प्लेटिनमको मुल्यमा ५ प्रतिशतले गिरावट आएको छ । यसका साथै अन्तर्राष्ट्रिय बजारमा चाँदीको मुल्य पनि ओरालो लादो छ । सोमबार एशियाका बजारहरुमा अमेरिकी डलरको मुल्य बढेको छ भने सुनको मुल्य ओरालो लाग्दो छ ।