४ साउन । एसेट टेष्ट श्रृँखलाको दोश्रो टेष्ट अष्ट्रेलियाले ४ सय ५ रनले जितेको छ । ५ सय ९ रनको लक्ष्य पछएर ब्याटिङ थालेको घरेलु टोली ईंग्ल्याण्ड दोश्रो टेष्टको चौथो दिन मात्र १ सय ३ रनमा समेटिएपछि अष्ट्रेलियाले ४ सय ५ रनको फराकिलो जित हात पारेको हो ।

चौथो इनिङमा ईंग्ल्याण्डका स्टुवार्ड वोर्डले सर्वाधिक २५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले २० को आकडा छुन सकेनन् । ईंग्ल्याण्डको इनिङ ध्वस्त पार्ने क्रममा मिचेल जोन्सनले ३ तथा जोस हेजलउड र नाथन लाएनले समान २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा ५ सय ६६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको अष्ट्रेलियाले घरेलु टोली इग्ल्याण्डलाई मात्र ३ सय १२ रनमा अल आउट गरेको थियो ।

स्टेभन स्मिथले २ सय १५ र क्रिस रोजर्सले १ सय ७३ रन प्रहार गरेपछि अष्ट्रेलियाले ८ विकेट गुमाउँदै ५ सय ६६ रन बनाएर पहिलो इनिङ समाप्त गरेको घोषणा गरेको थियो । जवाफमा घरेलु टोली ईंग्ल्याण्ड मात्र ३ सय १२ रनमा अल आउँट भयो ।

ईंग्ल्याण्डका कप्तान एलेस्टर कुकले ९६, वेन स्टोकले ८७ र मोइन अलीले ३९ रन बनाउन बाहेक अन्य इङलिस ब्याट्समेले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका लागि जोस हेजलउड र मिचेल जोस्नले मसानन ३–३ र मिचेल मार्सले १ विकेट लिए । पहिलो इनिङमा २ सय ५४ रनको अग्रता लिएको अष्ट्रेलियाले दोश्रो इनिङमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । अष्ट्रेलिायले दोश्रो इनिङमा २ विकेट गुमाएर २ सय ५४ रन बनाउँदै ईंग्ल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

दोश्रो इनिङमा अष्ट्रेलियाका डेविड वार्नर ८३, स्टेभन स्मिथले ५८ र क्रिस रोजर्स ४९ रन बनाए । खेलको म्यान अफ द म्याच अष्ट्रेलियाका स्टेभन स्मिथ घोषित भए । जितसँगै अष्ट्रेलियाले ५ म्याचको सिरिज १–१ को बराबरी गरेको छ ।