इस्लामावाद ३ श्रावण । पाकिस्तानले भारतीय पक्षबाट दुई देशबीचको विवादित भूमि काश्मिरमा युद्धविरामको उलङ्घन गरेको आरोप लगाएको छ । भारतका कारण पछिल्लो भिडन्त भएको जनाउँदे पाकिस्तानले भारत युद्धविराम उलंघनमा अग्रसर रहेको आरोप लगाएको हो ।

केहीदिन अगाडि भारतीय पक्षद्वारा काश्मिरस्थित पाकिस्तानी भू–भागमा चारजनाको हत्या गरेको पाकिस्तानको दाबी छ । यि दुई राष्ट्र सन् १९४७ पछि तीन पटकसम्म युद्ध गरिसकेका छन् ।

भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा सन् २००३ देखि युद्धविराम भएको थियो । तर, दुवै पक्षबाट सहमतिको उलङ्घन गरेको समाचार बेलाबेलामा आउने गरेका छन् ।

एकहप्ता अघि गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफले अर्को वर्ष पाकिस्तान भ्रमणका लागि निम्ता गरिसकेका छन् । एजेन्सी