एजेन्सी ३ श्रावण । सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’ हेरेपछि अमिर खान रोएका छन् ।

बलिउड स्टार अमिर खान शनिबार राति साथी सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ हेर्न लाइट बक्स चलचित्र घर पुगेका थिए ।

यस क्रममा उनीसँग छोरी इरा भाइ फैजल खान पनि गएका थिए । हलमा पुगेर फिल्म हेर्ने क्रममा अमिर भावुक बन्न पुगेका थिए ।

फिल्म सकिएपछि बाहिर निस्कने क्रममा अमिरले आँसु पुछिरहेका थिए । उनले ट्विटरमा ‘बजरंगी भाइजान’ को खुलेर प्रशंसा गरेका छन् ।
उनले ‘बजरंगी भाइजान’ लार्इ सलमानको अहिलेसम्मकै सबैभन्दा राम्रो फिल्मको संज्ञा दिएका छन् ।

उनले आफ्ना फ्यानलार्इ एक पटक ‘बजरंगी भाइजान’ हेर्नसमेत आग्रह गरेका छन् । यतिमात्रै होइन उनले ट्वीट गर्दै कबीर खानको निर्देशन, फिल्मको कथा र स्क्रिनप्ले र डाइलगकव पनि प्रशंसा गरेका छन् ।

अमिरले फिल्ममा सानी बालिका शाहिदा अर्थात हर्षाल्ली मल्होत्राको पनि प्रशंसा गरे । ‘र, ती सानी बच्चीले साह्रै राम्रो अभिनय गरेकी छन्’, उनले भनेका छन्, ‘उनी तपार्इँको मनमा बस्नेछिन् ।’

‘बजरंगी भाइजान’ हेर्न अमिरसँगै अन्य कलाकार पनि चलचित्र घर पुगे । रितेश सिधवानी र उनकी पत्नी डली, सञ्जय कपूर र पत्नी महिपसहित कयौं कलाकार हलमा पुगेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार रिलिज भएको यो फिल्मले शुरुवातकै दुर्इ दिनमा ६७ करोड ७५ लाख रुपैयाँ कमाइ गरिसकेको छ