३ साउन, काठमाडौं । सन् २००५ भन्दा अगाडि छापिएका भारतीय नोटहरु मंसिर १५ पछि नचल्ने भएको छ।
रिजर्भ बैंक अफ इण्डियाले नेपाल राष्ट्र बैंकलाई २००५ भन्दा अगाडिको भारु नोटहरु फिर्ता गर्न आग्रह गरेबमोजिम राष्ट्र बैंकले अहिले भारु पुराना नोटहरु संकलन गरिरहेको छ। बैंकले पुराना भारु नोटहरु साट्नका लागि सर्वसाधारणमा आग्रह गरेको छ।
रिजर्भ बैंक अफ इण्डियाले नेपाल राष्ट्र बैंकलाई आगामी पुस १५ गतेसम्म सन् २००५ अघिका नोटहरु फिर्ता ल्याउन आग्रह गरेको छ।
सन् २००५ अघिका नोटहरुमा सुरक्षित संकेत र विशेषताको अभाव कमी हुँदा नक्कली नोटहरुको बिगबिगी बढेको भन्दै भारतीय रिजर्भ बैंकले ति नोटहरु प्रचलनमा नल्याउने तयारी गरेको हो।