रोल्पा श्रावण १ । भवन डिभिजन कार्यालय रोल्पाका लेखापाल देवराज पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको छ ।

पोखरेलले घुस लिएको सूचना पाएपछि लिबाङस्थित कार्यालयबाटै पोखरेललाई अखितयारको टोलीले नियन्त्रणमा लिएको हो ।

घुस लिएको सूचनाका आधारमा अख्तियारको टोलीले भवन डिभिजन कार्यालयमा छापा मारेको थियो ।

अख्तियारको टोलीले कार्यालयमा छापा मार्ने क्रममा सुरक्षाका लागि असईको कमान्डमा प्रहरी परिचालित गिरएको रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

भवन डिभिजन कार्यालय यसअघिबाटै घुसखोरी र भ्रष्टाचारमा जिल्लामा बदनाम रहँदै आएको थियो ।