काठमाौं श्रावण १ । संविधानको मस्यौदामा जनताको सुझाव र राय संकलनका लागि सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए। त्यस्तै सरकारले मुस्लिमहरूको चाड इदका अवसरमा साउन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ।