काठमाडौं असार ३१ । पूर्व पश्चिम राजमार्ग अर्न्तगत बाँकेको शम्सेरगन्जस्थित परुवा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले भत्काइदिएपछि पानी पर्ना साथ त्यस क्षेत्रको यातायात सेवा अबरुद्ध हुने गरेको छ।
बर्षात सुरू भएपछि प्राय हरेक दिन दुई चार घन्टा सडक अबरुद्ध हुने गरेको छ। बाढीले पुल भत्काए पछि डाइभर्सन मार्फत यातायातका साधनहरु सञ्चालन हुदै आएको थियो। बाढीले डाइर्भसन समेत बगाई दिए पछि जोखिमपुर्ण अबस्थामा खोलाबाटै सबारीका साधनहरु बारपार हुँदै आएका छन्।
गत बर्ष आएको बाढीले परुवा खोलाको  पुल  भत्काएको थियो। पुलको निर्माणमा ढिलाई भएका कारण यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन्।
बाढीले डाइर्भसन समेत बगाई दिएपछि ट्राफिक प्रहरी र शशस्त्र प्रहरीको टोलीलाई दैनिक १८ घन्टासम्म परुवा खोलामा खटाएर पानी नपरेको बेलामा एकतर्फी रुपमा यातायत सेवा संचालन गरिदै आएको छ।
मध्य र सुदूर पश्चिमका करिब २० वटा जिल्लालाई राजधानी लगायत नेपालको पश्चिम र पूर्बी नेपालसँग पूर्व पश्चिम राजमार्गले जोड्दै आएको छ।
करिब २ करोडको लागतमा करिब १८ मिटर  पुलको निर्माण गर्ने ठेक्का   नेपालगन्जकै मल्ल कष्ट्रक्सन प्रालिले पाएको थियो। निर्माण कम्पनीले असारको १५ गते सम्म निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता अनुसार काम नगरेका कारण यात्रुहरुले सास्ती  खेप्नु परेको हो। निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई हुदा दैनिक हजारौ यात्रुले सास्ती खेप्न बाध्य भएका हुन।
पुलको निर्माण कार्य पुरा हुन अझै एक महिना लाग्ने निर्माण कार्यमा संलग्न प्राबिधिकहरुले बताएका छन।
पूर्ब पश्चिम राजमार्गको लमही कोहलपुर सडक खन्डमा दैनिक करिब १ हजार सबारी साधन ओहोर दोहार हुदै आएको छ।