पोखरा, आषाढ ३१ । अबिरल बर्षासंगै पहिरो जांदा पोखराको छोरेपाटनमा रहेको एक्स आर्मी इंग्लिस बोर्डिङ स्कुल पुरिएको छ ।

बर्षाले स्कुल माथि रहेको माटोको ठूलो ढिस्को झर्दा पूरै स्कुल भवन पुरिएको हो । स्कुल पुरिएसंगै बिद्यार्थीहरुको भागदौड मच्चिएको छ ।

स्थानीयको सहयोगमा पुरिएका मध्येपांच जना बिद्यार्थीलाई जिबित्तै उद्धार गरिएको छ भने अझै केही बिद्यार्थी पुरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा अहिले उद्धारको काम भइरहेको छ । पहिरो जांदा बिद्यार्थीहरु परीक्षा दिंदै थिए । घटनाको पूर्ण बिबरण भने आउन बांकी रहेको छ ।