मुम्बई । बलिउड अभिनेत्री क्याटरिना कैफ ३२ वर्षकी पुगेकी छिन्। विगत १२ वर्षदेखि बलिउडमा सक्रिय क्याटरिना आजकै दिन १६ जुलाईमा १९८३मा हङकङमा जन्मेकी थिइन्। सुपर मोडल रहेकी क्याटरिनाले सन् २००३ मा ‘बुम’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन जून विर्सनलायक थियो । वक्सअफिसमा असफल भएतापनि फिल्मले उनलाई बलिउडमा चिनाउने काम भने गर्‍यो। आजको मितिमा क्याटरिना बलिउडका सफल अभिनेत्रीमा पर्छिन्।

अभिनयसँगै प्रेम सम्वन्धका कारण पनि उनी चर्चामा रहने गरेकी छन्। सलमान खानसँगको सम्बन्ध र उनीसँगको सम्बन्ध टुटेपछि रणवीर कपुरसँग गाँसिएको प्रेमले उनलाई सधै चर्चामा राखिराख्यो। हिन्दी उच्चारणका कारण सुरुसुरुमा आलोचित भएकी क्याटरिनाले त्यसलाई सुधार गरेर सबैलाई चुप लगाइदिएकी थिइन्।

उनले सरकार, मेने प्यार क्यूँ किया, नमस्ते लन्डन, हमको दिवाना गर गइ, धुम ३, एक था टाइगर, राजनीति जस्ता सुपरहिट फिल्म दिइएकी छन्। गैर-भारतीय भइकन पनि क्याटरिनाले बलिउडमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छन्।-एजेन्सी