३१ असार, काठमाडौ । विदेशको स्थायी अनुमतिपत्र (पीआर), डीभी, ग्रीनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजिनामा दिएका छन् ।बर्खास्त गर्ने कानून ल्याउने तयारीकै बेला उनीहरुले राजिनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए ।

डीभी-पीआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानूनी ब्यवस्था ल्याएपछि पेन्सनसमेत खोसिन सक्ने भयले ती कर्मचारीले राजिनामा दिएको मन्त्री पण्डितले बताए । उनले भने, ‘डीभी, पीआर भएका सयौं कर्मचारीले घरायसी, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्या देखाएर राजिनामा दिएको पाइएका छ ।’

सामान्य प्रशासन मन्त्रालयको अध्ययनअनुसार डीभी, पीआर लिएका कर्मचारीको संख्या एक हजार दुईसयदेखि एक हजा पाँचसय सम्म छ । निजामति सेवा ऐनको चौथो संसोधनमा डीभी पीआर भएका कर्मचारीलाई बर्खास्त गर्ने प्रावधान छ ।

तर, ऐनअनुसार कर्मचारीलाई जागिर वा डीभी, पीआर कुन त्याग्ने भन्ने भन्ने निर्णय गर्न ६० दिनको समय दिइएको छ । कानून बनेपछि तत्काल बर्खास्तमा पर्ने र पेन्सन लगायतका सुविधा पनि खोसिने भयले धेरै कर्मचारीले यसअघि नै राजिनामा दिएको मन्त्रालयले जनाएको छ ।