बुटवल असार ३० । गत २६ गते नेपालगञ्जको सुर्खेत रोडमा खुडा प्रहार गरी चेतन मानन्धरको हत्या गरी फरार भएका ४ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनीहरुलाई रुपन्देहीको दयानगर गाबिस वडा नं ७ पण्डितपुरबाट बुधवार अपरान्ह नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक वीर वहादूर पुलामी नेतृत्वको प्रहरी टोलीले पण्डितपुरमा लुकि बसेको अवस्थामा विवाद पाठक,यम बहादुर बुढा, मनिष चौलागाई र हरी ओलिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए।

बाँके प्रहरीले दिएको सूचना र समन्वयको आधारमा फरार आरोपीहरु पक्राउ गरीएको र थप अनुसन्धानका लागी नेपालगञ्ज पठाईएको उपरीक्षक ढकालले बताए।