मुम्बई । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको श्रीमतिको भूमिकामा परिणिती चोपडाले अभिनय गर्ने सम्भावना बढेको छ । धोनीको बायोपिक सिनेमामा धोनीको श्रीमति साक्षीको भूमिकामा कसलाई अभिनय गराउने भन्नेमा अहिलेसम्म निर्णय गर्न सकेका छैनन् निर्देशकले ।

आलिया भट्ट, श्रद्धा कपुर र कृति सैनानको नाम यसअघि नै आएपनि उपयुक्त पात्र परिणिती नै भएको निर्देशकको बुझाई छ । निर्माण पक्षको भनाई अनुसार साक्षी र परिणितीको लुक्स पनि मिल्दोजुल्दो छ ।

अर्को कुरा परिणितीले यसअघि सुशान्त सिंह राजपुतसँग ‘शुद्ध देसी रोमान्स’ मा पनि काम गरेकी छिन् । उनीहरुको केमेष्ट्री पनि मिलेको देखिन्छ । ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मा सुशान्त सिंह राजपुत धोनीको भूमिकामा देखिने भएका छन् ।यो चलचित्र धोनीको प्रोफेशनल र पर्सनल लाइफमाथि आधारित हुने बताईएको छ ।-एजेन्सी