३० असार, काठमाडौ ।अब विदेशी नागरिकले पनि नेपालमा आवास एकाई खरिद गर्न पाउने भएका छन् । मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७२/७३ को बजेटमा आगामी आर्थिक वर्षदेखि विदेशी नागरिकले सहज प्रक्रियाबाट अपार्टमेन्ट खरिद गर्न पाउने ब्यवस्था गरिएको छ ।

हृाल नेपालमा विदेशी नागरिकले घरजग्गा खरिद गर्न नपाउने कानूनी ब्यवस्था छ ।

संयुक्त आवास ऐन २०५४ अनुसार एउटै जग्गामा बहुस्वामित्व कायम रहने अपार्टमेन्ट विल्डिङको फ्ल्याट विदेशी नागरिकलाई खरिद गर्न दिने यो ब्यवस्थाले देशमा वैदेशिक लगानी भित्रन सक्ने अपार्टमेन्ट ब्यवसायी बताउँछन् ।

यसले स्वदेशमा धेरै नेपालीले रोजगारी पाउन सक्ने अवस्थाबाट नेपाली बञ्चित हुनुपरेको अवस्था अहिले अन्त्य भएको छ । नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ उपाध्यक्ष आमेराज राजभण्डारीले बजेट बक्तब्यप्रति आफूहरु उत्साहित रहेको बताए ।

भूकम्पले थिचिएको अपार्टमेन्ट ब्यवसाय बजेटको यो ब्यवस्थाले माथि उठ्ने उनको विश्वास छ ।बजेटमा काठमाडौसहित तीन ठाउँमा स्मार्टसिटीको विकास गर्ने उल्लेख छ । काठमाडौ उपत्यका, लुम्बिनी क्षेत्र र निजगढका एकएक ठाउँलाई स्मार्ट सिटीका रुपमपा विकास गर्न गुरुयोजना तयार गरी कार्यान्वनय गरिने बजेटमा उल्लेख छ ।