काठमाडौं असार २९ ।सरकारले भूकम्पपछिको पुर्ननिर्माणका लागि भन्दै टेलिफोनको सेवा शुल्कमा १ प्रतिशत बृद्धि गरेको छ। हाल टेलिकमहरुले तिर्दै आएको २७ प्रतिशत कर बढेर २८ प्रतिशत पुगेको छ।
टेलिकमको शुल्क बढेसँगै त्यसको प्रत्यक्ष मारमा यसका उपभोक्ताहरु पर्नेछन्। त्यसो त उपभोक्ताहरुले तिरेको यो शुल्क भूकम्पले ध्वस्त भएको संरचनाको पुर्ननिर्माणका लागि खर्च हुने छ।