काठमाडौं, २९ असार । सरकारले यही असार २१ गते देखि लागू  गरेको फ्रि भिसा र फ्रि टिकटमा कामदार मलेसियासहित सात खाडी मुलुकमा पठाउन गरेको निर्णय विरूद्ध व्यासायीहरू आन्दोलनमा गएका थिए। सरकारी निर्णय लगतै म्यानपावर व्यवसायीहरूले सरकारले एक्लौटी रुपमा व्यवसायीहरुसँग छलफल र संवाद नगरी गरेको निर्णय फिर्ता गर्न माग गर्दै सड्क आन्दोल चर्काएका थिए।
समस्याको समाधान निकाल्न बसेको सरकार र व्यवसायीको बार्ता विना निश्कर्ष टुंगिएको छ। व्यवसायीहरूले कुमुद खनालको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरिएको छ।