काठमाडौं, २९ असार । केहि दिनयता निष्कृय भएको नेपालको मनसुन मंगलबारदेखि सक्रिय हुँदैछ । दिनभरी मौसममा बदली हुने र साँझदेखि पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘न्यून चापिय रेखा दक्षिणतिरबाट नेपाल तर्फ सरेकाले अब केहिदिन नेपालको मनसुन सक्रिय हुन्छ,’ मौसमविद सुवास रिमालले भने, ‘साँझदेखि देशका अधिकांस स्थानमा पानी पर्छ ।’अहिले पूर्वी नेपाल र अधिकांस पहाडी क्षेत्रको मौसममा बदली आएको छ ।