काठमाडौं, २९ असार । ११११ अर्थात् हेलो सरकारको टोल फ्रि नम्बर हो यो । जहाँ घटना दुर्घटनाको जानकारी दिन, उद्धार र सहायताको माग गर्न, महिला हिंसाको घटना सूचना दिने, सार्वजनिक सेवाको बिषयमा गुनासो वा सुझाव दिन सकिने र सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृत, विसङती अनियमिता बारे जानकारी दिन सकिन्छ । तर, यो सेवा अहिले विस्तारै निष्प्रभावि बन्दै गएको छ । दैनिक यहाँ गुनासोका चाङ नै आउँछ तर त्यस अनुसार गुनासोहरु सम्बोधन हुन नसक्दा यो नाम मात्रको सेवाको रुपमा परिणत भएको छ ।