काठमाडौं असार २८ । बर्षाका कारण नेपाल र आयरल्याण्ड बीचको खेल प्रभावित भएको छ।

आयरल्याण्डको बेलफेस्टमा नेपाली समय अनुसारको खेल सात बजे शुरु हुने भनिएकोमा बर्षाका कारण ढिलाइ हुने भएको हो । बर्षाका कारण टसमा ढिलाई भएको आइसीसीले जनाएकाे छ।

यसअघि हङकङ र नामिबियाबिचको खेल बर्षाका कारण अवरुद्ध भएपछि दसवै टीमले अंक बाँडेका छन्।